![afn'jf6f/df ;f+;bsf] hnkfg ;df/f]x k|wfgdGqL s]kL zdf{ cf]nL ;/sf/nfO{ ;dy{g ug]{ k|ltlglw;ef, /fli6«o;ef / k|b]z;efsf ;b:ox?sf] ;Ddfgdf k|wfgdGqL lgjf; afn'jf6f/df a'waf/ cfof]lht hnkfg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;](https://peoplenepal.com/wp-content/uploads/2019/02/kp-oli--300x250.jpg)
२४ फागुन, काठमाडौं । प्रधानमन्त्रीले विप्लव समूहलाई उस्ले गरेको गतिविधिबारे इङित गर्दै सो समूह नेकपा नभएर लुटेरा समूह भने हुन्छ भनेका छन । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए ।
सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए । ‘नेकपा नामधारी समूह छ एउटा , त्यो हो बिप्लब, कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’
विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए । ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने । विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’
उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे । नभए सरकारले कारबाही गर्ने उनको चेतावनी छ । ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ म सुन्ने थरी भन्न चाहन्छु’ उनले भनेका छन् ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना