March 5, 2019

पोखरामा बन्द हुने भो प्याराग्लाइडिङ !

काठमाडौं, २१ फागुन । पोखरामा बुधबारदेखि प्याराग्लाइडिङ बन्द हुने भएको छ । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर तिर्न अटेरी गरेपछि प्याराग्लाइडिङ बन्द हुने भएको हो

पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले कर तिर्नका लागि पत्र लेखे पनि व्यवशायीले अटेरी गरेपछि प्याराग्लाइडिङ उडान नै बन्द गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार वडा कार्यालयले अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने बताएको थियो । तर सो निर्देशनलाई नमानेपछि महानगरले प्याराग्लाइडिङ नै बन्द गर्ने भएको हो ।

अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको छ । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिएका छन् ।

प्रदेश सरकारले जारी गरेको नीतिअनुसार प्रत्येक कम्पनीले वार्षिक रुपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त कर बापतको रकम वडा कार्यालय वा महानगर कार्यालय मध्य एक ठाउँमा बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब