
प्रेम मोक्तान
फाल्गुन १५, हङकङ । प्रथम मिसेस हङ्कङ नेपाल २०१८ को बिजेता पबिता पुमा राईले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छन् । उनि नेपाली समुदायसँग नजिक भएर सामाजिक जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउदै विभिन्न संघ सस्था मा आबद्धता भई सामाजिक कार्यमा ब्यस्त रहेकी छिन् । खोटाङमा जन्मी उदयपुरमा हुर्केकी राई आफ्नो पढाई लाई निरन्तरता दिनको लागि काठमाडौ आएको र एक्लो बसाईमा विविध चुनौतिहरुको सामना गर्दै जीवन जिउने क्रममा सुखदुःख लाई नजिकबाट बुझेको बताउछिन। जिबनको अनेक चुनौती हरुलाई नजिक बाट सरल तरिकाले सामना गर्दै जीवनको अनेकौ खुड्किलाहरु पार गर्दै आईरहेको बताउदै चुनौती र संघर्षको जीबनलाई सामना गर्दै अरुको दु:ख र भावना साथ दिन पाउदा आनन्द हुने बताउछिन् । यथार्थमा ब्याबहार चलाउन तन, मन र धनको साथ चाहिने सोचलाई उनले आफ्नो अभियानबाट लागु गरेकी छिन् । मिसेस हङकङ नेपाल २०१८ भैसके पछि थुप्रै सामाजिक काम हरुमा आफुले सकेको सहयोग गर्दै आईरहेको बताउछिन राई ।
नेपाली महिला संघ हङकङले आयोजना गरेको पहिलो मिसेस हङ्कङ नेपाल २०१८ को पहिलो बिजेता भै सकेपछी उनको समयोजकत्व मा मकवानपुर भार्ताको कैलाश गाउपालिका अवस्थित चेपाङ बस्तीमा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडाको परिकल्पनामा बन्न लागेको चेपाङ बस्तिको लागि “हेल्थपोष्ट भवन ” को सहयोगार्थ च्यारिटि डिनर गरिएको थियो,’ उनले भनिन,‘एउटा कोठा बराबर नेपाली ७ लाख सहयोग गर्ने प्रतिबद्धता गरेको थियौ जुन पूरा भैसकेको छ ।त्यस्तै त्यही च्यारिटी डिनर को बाकी रहेको रकम को केही अंस अर्थात हङकङ डलर ५००० (पाच हजार) रबि लामिछानेको अभियान मा रहेको कालिकोट रासकोटमा बन्न लागेको हस्पिटल को लागि सहयोग गरिसकेको छौ । यो दुबै काम हाम्रो मिसेस हङकङ नेपाल २०१८ को टिम बाट गरेको छौ , राईले भनिन ।
उनले थपिन ,हामी माध्यम मात्रै हो , हाम्रो अग्रज र हामिलाई माया र विश्वास गरेर साथ र सहयोग गर्नु हुने सम्पुर्ण मनकारी सहयोगी हरुको साथ बिना हामी अधुरो छौ त्यसैले यसको श्रेय उहाँ हरुलाई नै जान्छ जसले हामिलाई हाम्रो हरेक अभियानमा साथ दिनु भएको छ ।त्यही सहयोग ले नै सामाजिक काममा सहभागी हुन सफल भएका छौ त्यही आट र भरोसा लाई आत्मासाथ गर्दै र हिम्मत को साथ यो पटक मेघा घिमिरे बहिनीको लागि अभियान सन्चालन गरेको थिए । बिराटनगर घर भै काठमाडौमा उपचार को लागि बस्दै आईरहेकी मेघा घिमिरेको करेन्ट लागेर दुबै हात गुमाएकी थिइन उनै बहिनी को लागि मैले व्यक्तिगत रुपमा अभियान सुरु गरेको थिए । जहाँ मलाई साथ दिन देउमाया गुरुङ दिदीले हरपल सहयोग गर्नु भएको थियो उहालाई हृदय देखिनै धन्यवाद भन्न चाहान्छु । उहाँकै हौसला र साथले नै म यो अभियान मा सफल भएको छु । फाल्गुन १४ गते मंगलबार अर्थात फ्रेबुअरी २६ मा मेघा घिमिरेलाई नेपाली रुपैयाँ २,२००००/दुईलाख बीस हजार हस्तान्तरण गरी पठाएकी छिन् । आफु हङ्कङमा रहेको कारण उनले सो रकम एन आर एन ए मकाउ को बरिस्ठ उपाध्यक्ष र किराया मकाउ का महासचिव मङगल राई र चिन्डो कलेक्सन सन्चालिका तथा फेसन डिजाईनर सिमा राई को उपस्थिति मा दिया मिडिया मार्फत मेघा घिमिरेलाई नेपाल पठाइएकि हुन् ।
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा