February 23, 2019

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

 

 फाल्गुन ११,काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौँ ।’

त्यस निम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुखलगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले बताइन् । ‘त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ,’ त्रिपाठीले भनिन्, ‘चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने नहुने भन्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण