
फागुन ५, काठमाडौँ । भारतको पुलवामा भएको दुर्घटनामा शहीद भएका ४० सैनिक जवानका परिवारलाई अमिताभ बच्चनले २ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
महानायक अमिताभ बच्चनले प्रत्येक शहीद जवानका परिवारलाई ५–५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
घटनामाथि बलिउडका हस्तीहरुले आक्रोश पोख्दै यसको बदला लिन सरकारसँग अपिल गरेका छन् ।
अभिनेता अमिताभ बच्चनलाई सैनिकमाथिको हमलाले दुःखी बनाएको छ । उनले आफ्ना कार्यक्रमहरु पनि रद्द गरेका छन् ।
देशका लागि आफ्नो ज्यान दिने ४० सैनिकमध्ये १२ जवान उत्तर प्रदेशका सपूत हुन् । उत्तर प्रदेशका योगी सरकारले यस शहीदका परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेको छ ।
१४ फ्रेबुअरीको साँझ जम्मू काश्मिरको पुलवामा छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४० जना सैनिकको मृत्यु भएको थियो ।
यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि