भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने

भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 mausam_GMLrZ9uh1oनिरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उहाँले भन्नुभयो–‘अब २÷३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।’

केही दिन मौसम प्रभावित हुने

यसको प्रभावले सुधारउन्मुख तापक्रम फेरी घट्ने रिमालले बताउनुभयो । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदुर पश्चिम भित्रिएको पश्चिमी न्यून चापिय प्रणालीको असरले बुधवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ ।

अन्यत्रको तुलनामा विहीवार पश्चिमी भेगको मौसम केही बढी प्रभावित भएको थियो भने आज शुक्रवार पनि सोही भेगमा सो प्रभाव यथावत रहने रिमालले बताउनुभयो । ‘शनिवार भने मध्य र पूर्वीभेगको मौसम केही बढी प्रभावित बन्ने गतिविधी विकास भइरहेको छ’–उहाँले भन्नुभयो । विहीवार डडेलधुरा, विरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, दाङ, जुम्ला, दिपायल, भैरहवा लगायत आसपासका भेगमा हल्का र मध्यम वर्षा भएको महाशाखाको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय