February 10, 2019

संघमै बस्ने २ हजार शाखा अधिकृतको कार्यविभाजन टुंगो लाग्न बाँकी

 

माघ २७,काठमाडौं – कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् । 

जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश राजेका छन् । भने स्थानीय तह रोज्नेको संख्या १ सय ६ रहेको छ । कुल २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले संघ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै २ हजार शाखा अधिकृतको कार्यविभाजनको टुंगो लाग्न बाँकी छ ।

त्यसै गरी प्रदेश तथा स्थानीय रोज्ने प्रशासनतर्फका १२ जना उपसचिवले प्रदेश र स्थानीय तह रोजेका छन् । प्रदेश रोज्ने उपसचिवको संख्या ८ रहेको छ भने ४ उपसचिवले स्थानीय तह रोजेका छन् । केही दिनभित्रै अन्य सेवा समूहका अधिकृतको तथ्यांक सार्जजनिक गर्ने मन्त्रालयले जनाएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय