नेपाली कम्युनिस्ट नेताहरूको भेनेजुएला यात्रा रोकियो

 

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता एउटा सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए।

तर देशभित्रै भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व ध्रुव्रीकृत भएको छ। नेकपाले मदुरोको पक्षमा वक्तव्य जारी गरेपछि नेपाल पनि विवादमा तानिएको थियो। 

यस विषयलाई लिएर नेकपाकै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका भनाइ नै फरक फरक आए। नेकपाका सांसद बलराम प्रसाद बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुयला जानका लागि निम्तो बाँडेका थिए। आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो।

बाँस्कोटा प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर चर्चामा आएका थिए। एक वर्ष अगाडि गठन भएको इन्टरनेशनल एसेम्ब्ली अफ पिपल्स अर्गनाइजेशन अफ मुभमेन्टले गर्न लागेको एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेताहरू त्यहाँ जाने कार्यक्रम रहेको थियो।

हाललाई भ्रमण स्थगित भएको बाँस्कोटाले बताए। उनले भने, “सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको थियो तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको छ।”

इन्टरनेशनल कोअर्डिनेसन कमिटीमा नेपालको प्रतिनिधित्व बाँस्कोटाले गरेका छन्।कार्यक्रम भेनेजुएलामा गर्ने कि अर्को देशमा गर्ने भन्ने बारेमा नयाँ निर्णय लिइने बताइएको छ।

उक्त कार्यक्रममा जानका लागि निम्तो पाउने शीर्ष नेताहरूमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ रहेका थिए।निम्तो दिने बेलामा नेता नेपालसँगै रहेका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले आफू नजाने जानकारी गराएका थिए।

बाँस्कोटाले उक्त सम्मेलनका लागि निम्तो दिइएका सबैको नाम भने बताउन चाहेनन्।उनले भने, “शीर्ष तहकै नेतृत्वमा नेकपा र जनमोर्चाका २२/२५ जना जाने कुरा थियो तर अब सम्मेलन स्थगित भइसकेकाले नाम भनेर काम छैन।”

सो सूचीमा महिला सङ्गठन र किसान सङ्गठनका नेताहरूको संख्या धेरै रहेको बताइएको छ।उनले सम्मेलन स्थगित भएको बताए पनि सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताए।

उनले भने “सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं।”उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए। -बीबीसी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,