विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको थियो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय