हुवावे विरुद्ध अमेरिकामा २३ अपराधिक मुद्धा दर्ता, चीन रुष्ट

माघ १५ : चीनको विशाल टेलिकम तथा प्रविधि कम्पनी हुवावे विरुद्ध अमेरिकामा अपराधिक मुद्धा दर्ता भएको छ। हुवावेसँगै अमेरिकाले उक्त कम्पनीकी वित्तीय प्रमुख मेङ्ग वान्जु विरुद्ध समेत मुद्धा दर्ता गरेको बीबीसीले उल्लेख गरेको छ।

सोमबार अमेरिकी न्याय मन्त्रालयले अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग कारोबार गरेको, अमेरिकी टि–मोबाइलको प्रविधि चोरी गरेको, अमेरिकी सुरक्षा खतरा बढाएको, बैंक ठगी लगायतका २३ वटा अपराधिक मुद्धाहरु दर्ता गरेको जनाइएको छ।

हुवावेकी वित्त प्रमुख वान्जुलाई क्यानडाले गत वर्षको डिसेम्बर देखिनै नियन्त्रणमा लिएको छ। अमेरिकी अनुरोधमा क्यानडाले उनलाई गिरफ्तार गरेको थियो।

अमेरिकाले हुवावेले गरेको अपराधको विषयमा अनुसन्धान गर्न वान्जु नियन्त्रणमा लिनु परेको बताएको थियो।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबिआइका निर्देशक क्रिस्टोफर रेले भने,‘हुवावेले अनैतिक व्यापारीक सिद्धान्त अंगालेको देखिएको छ। जसले अमेरिकी अर्थतन्त्र तथा सुरक्षालाई नकरात्मक असर गर्दछ।’

अस्वीकार

 

सोमबार अमेरिकामा हुवावे तथा आफ्ना वित्तीय प्रमुख वान्जु विरुद्ध मुद्धा दर्ता भएसँगै हुवावेले मंगलबार अमेरिकी आरोपहरुको खण्डन गरेको छ।

हुवावेले अमेरिमामा दर्ता भएका सबै मुद्धा झुठो भएको प्रतिक्रिया जनाएको छ। एक विज्ञप्तीमा हुवावेले भनेको छ,‘हुवावे कम्पनी र वित्त प्रमुख विरुद्ध मुद्धा लगाइएकामा हामी निराश भएका छौं। कम्पनीले कुनैपनि प्रकारको अपराध गरेको छैन्।

हाम्रा वित्त प्रमुखले अहिलेसम्म कुनै नराम्रो काम गरेको हामीलाई थाहा छैन।’ हुवावेले आफूले भनेजस्तै अमेरिकी अदालतले हुवावे र वान्जुलाई दोषी ठहर गर्ने विश्वास व्यक्त गरेका छन्।

चीन रुष्ट

हुवावे विरुद्ध अमेरिकामा मुद्धा दर्ता भएसँगै यस विषयले अमेरिका र चीनको सम्बन्धमा थप चिसोपन छाउने अनुमान गरिएको छ। चीनले हुवावे प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

चीनले अमेरिकाले चिनियाँ कम्पनीलाई ध्वस्त पार्न खोजेको आरोप लगाएको छ। एक विज्ञप्तीमा चीनले भनेको छ,‘अमेरिकाले सम्पूर्ण शक्ति लगाएर चीनको कम्पनी र त्यसको कारोबारलाई ध्वस्त पार्ने प्रयत्न गरेको छ।’

चिनियाँ विदेशमन्त्रालयका प्रवक्त गेङ सुवाङले भने,‘अमेरिकी कार्यको हामी खण्डन गर्दछौं। चिनियाँ कम्पनीमाथिको मुद्धा नाजायज छ।’ चीनले हुवावेकी वित्त प्रमुख वान्जुलाई त्त्काल रिहा गर्न र गलत कार्य नगर्न आग्रह गरेको छ।

हाल वान्जु क्यानडामै छिन्। अमेरिकाले थप अनुसन्धानका लागि वान्जुलाई अमेरिका लान सक्छ। यस्तो भएको अवस्थामा अमेरिका र चीनबीच जारी व्यापार युद्ध अन्त्य नहुने अनुमान गरिएको छ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित