संसदमा कांग्रेसको अवरोधका बीच पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

Pm-office_CXcazAsok9

काठमाडौं। सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेकाले विधेयक पारित हुन सकेन। कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसदमा अवरोध गरेको हो। 

मंगलबार पनि अवरोध कायम राख्ने उसले जनाएको छ। केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले भने आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेको हो।माग पूरा नभएसम्म संसदमा अवरोध जारी राख्ने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  यसै विषयमा थप छलफल गर्न भन्दै कांग्रेसले दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको छ । 

तर सत्तापक्ष भने अवरोधका बीच भए पनि चिकित्सा शिक्षा विधेयक पेश गरेर पारित गर्ने तयारीमा जुटेको छ। सकभर सहमतिमै विधेयक अघि बढाइने नेकपाका सांसद योगेश भट्टराईले बताए। ‘कांग्रेसको अवरोध कायम रहे के गर्ने भन्ने विषय सभामुखमा निर्भर हुनेछ’, उनले भने।

दिउँसो ३ बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।विधेयकमा अनशनरत डा. गोविन्द केसीका माग सबैजसो समेटिएको दाबी गरिएको छ। डा. केसी भने सरकारले धोका दिएको भन्दै अहिले १६ औँ अनशनमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा