विशेष सुरक्षाबलमाथि आक्रमण, १८ जनाको मृत्यु

माघ ७ , अफगानिस्तान  : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो । 

तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्रायः विशेष सुरक्षाबलका सदस्यहरु रहेका र घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । 

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।  

स्थानीय समायानुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो । 

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ । 

आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकू सुरक्षाबलले गरेको जवाफि कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकू समूहले जिम्मा लिएका छन् । 

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चार माध्यमलाई यस आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् । 
सन् २००१अन्य मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गर्दै आएका छन् । 

गत आइतबार पनि लोगार प्रान्तमा भएको एक आक्रमणमा परी आठ अफगान सुरक्षा अधिकारी मारिनुको साथै अन्य कैयौ घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित