
माघ ७, सिन्धुपाल्चोक – ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।
भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।
उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय