अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

 

माघ ३, काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो। पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ।

अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय