काबुलमा शक्तिशाली विस्फोटन : चारजनाको मृत्यु, ९३ घाइते

एजेन्सी, १ माघ : अफगानिस्तानको राजधानी काबुलमा एउटा शक्तिशाली विस्फोटन भएको छ । विस्फोटनमा चारजनाको मृत्यु र धेरै घाइते भएको देशको स्वास्थ मन्त्रालयले बताएको छ ।

‘ग्रिन भिलेज’ परिसर नजिक भएको सोमबारको विस्फोटनको जिम्मेवारी तालीवान समूहले लिएको छ । पूर्वी काबुलमा रहेको सो ग्रिन भिलेजमा धेरैवटा अन्तर्राष्ट्रिय कम्पनी र दातृ संस्थाहरु अवस्थित छन् ।

घटनामा २४ बालबालिकासहित ९३ जना घाइते भएको अफगानिस्तानको सार्वजनिक स्वास्थ मन्त्रालयका प्रवक्ता वहीदुल्लाह मयरले ट्वीटर पोस्टमा बताएका छन् ।

ग्रिन भिलेजको उच्च सुरक्षा सम्पन्न परिसरबाहिर एउटा बमसहितको कारमा बिस्फोटन भएको थियो । हमलामा अधिकांश पीडितहरु नागरिक रहेका छन् ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सो हमलाका जिम्मेवार लडाकू समूह भएको बताएका छन् । ती प्रवक्ताले भने हमलामा दर्जनौं विदेशी तथा अफगानी सुरक्षा फौजहरु मारिएको र घाइते भएको बताएका छन् । हमलामा पाँच हमलाकारी र एकजना आत्मघाती हमलाकारी संलग्न रहेको बताएका छन् ।

तालीवानले उसको अधिकांश हमला अफागन सरकार र विदेशीप्रति लक्षित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित