January 15, 2019

जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?

काठमाडौँ, १ माघ ।  जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला ? प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन् । मन्त्री यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरे ।

यसरी कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने विजय पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि दुई मन्त्रीले यसै गरी कर्मचारीमाथि कुटपिट गरेका थिए । २०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई सिमरा विमानस्थलमा पुरानो गाडी पठाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन् ।

केन्द्र र प्रदेशमा मात्र होइन, यस्ता घटनामा स्थानीय तहमा पनि भएका छन् । नगरपालिका र गाँउपालिकाका प्रमुख–उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालमाथि हातपात गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण