३० पौष,तेहरान : पश्चिम तेहरानमा आज इरानी बोइङ ७०७ कार्गो विमान दुर्घटनामा १ जनामात्र यात्रु बाँचेका छन्, बाँकी सबै यात्रुको मृत्यु भएको छ । किर्गिजिस्तानबाट तेहरान आउँदै गरेको जहाज अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा यात्रु र चालकदलका सदस्य गरी १७ जना थिए । तीमध्ये १६ जनाको मृत्यु भएको बताइएको छ ।
अवतरण गर्ने क्रममा रनवेमा घिसारिएपछि तत्कालै विमानमा आगो लागेको थियो । विमान घिसारिँदै बस्तीतर्फ अघि बढिरहेका बेला अगाडि रहेको पर्खालमा ठोक्किएको स्थानीय मिडियाले जनाएका छन् । इरानको सरकारी मिडियाले विकानको अवशेषको फोटो जारी गरेको छ जो बस्ती क्षेत्रमा देखिएको छ ।
विमान फाथ विमानस्थलमा दुर्घटना भएको हो जो इरानको सैन्य पकड भएको ठाउँ हो। यो विमान नजिकैको पयाम विमानस्थलमा अवतरण गर्नुपर्नेमा यहाँ आकस्मिक अवतरण गरिएको हो । विमान अवतरण गर्नको लागि पूर्वनिर्धारित विमानस्थल राजधानी तेहरानबाट ४० कलोमिटर टाढा छ । अधिकारहरुले विमान एक्कासी अर्को विमानस्थलमा अवतरण गर्नुपर्ने कारणबारे खुलाएका छैनन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित