कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

पुस ३०, भद्रपुर : कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्। 

राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्पm भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ। 

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए। किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन्।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन्।  किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए। 

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए। बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो। परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार  छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण