January 12, 2019

सैनिक सिरियामै, अमेरिकाले उपकरण मात्र फिर्ता गर्ने

वासिङ्टन, २८ पुस । संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो ।

तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ ।

तर पनि सैनिक भने कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमाा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु फिर्ता गर्ने प्रक्रिया भने शुरु भइसकेको जनाएका छन् ।

गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरु राखेका थिए । उनले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिएका थिए ।

तर सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरु उपकरणहरु भने यसैहप्ताबाट शुरु गरिने जानकारी उनले दिए । उनले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताएका थिए ।

शुक्रबार राति पेन्टागनका प्रवक्ता कमाण्डर सिन रोबर्टसन्ले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा सहमित गरिसकेको तर कहिले भन्ने बारेमा कुनै निर्णय भइ नसकेकोले सरकारको निर्णय अनुसार व्यवस्थित रुपमा सेना फर्काइने बताए ।

उनले भनेका छन्, ‘यो हामीले मात्र गरेर हुँदैन र सिरियामा हामीलाई साथ दिइरहेका देशहरुसँग पनि आवश्यक परामर्श र सल्लाह गरेर फिर्ता गर्ने निर्णय हुनेछ ।’

उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर, शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्ने बारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्ने बारेमा निर्णय गरिने उनले बताएका छन् ।

यसरी फिर्ता गरिने सामग्रीमा अमेरिकाले त्यहाँ लगेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्रीहरु, गैर सैनिक र आवश्यक नरहेका कर्मचारीहरु पनि त्यहाँबाट फिर्ता गरिने छ ।

अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान, हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक राखेको छ । ती क्षेत्रमा सिरियाली सरकारी समर्थक समूह, सिरियाली सैनिक र आइएस समर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव रहेको छ ।

सोही कारणले त्यहाँका सरकार विरोधी समुदाय र नागरिकको सुरक्षा र संरक्षणका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट त्यहाँ सेना पठाइएको छ ।

ती सैनिकले ती क्षेत्रमा विशेषगरी सिरियामा त्यहाँका राष्ट्रपतिको बहिर्गमनको माग राखेर आन्दोलन गरिरहेको विपक्षी समूहहरुको संरक्षण तथा इस्लामिक जिहादीहरुका विरुद्धमा कारबाही गर्ने गर्दछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि