January 12, 2019

नेपाल एयरलाइन्समा एक्लै उड्दा …….

पुस २८,काठमाडौं – अकस्मात् पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प्प थिएन् । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाँठड्ने थिइन् । काठमाडौं – पोखरा उड्ने सबैभन्दा महँगो टिकट दर पाँच हजार ४ सय छ । त्यनि नै तिर्छुभन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ ।

सरकारी ध्वजावाहक नेपली वायु सेवाको टिकट कता पाइन्छ, थाहा थिएन् । अधिकांश ट्रार्भल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नपाइने, उडानको भर नहमुने कुरा सुनिन्थ्यो । तर, अरु एयरलान्सको टिकट नपाएपछि त्यतै ध्यान सोझियो ।

निगमको फोन लगाएँ । मेरा आर्थिक हैसियतबमोजिम नै सस्तो टिकट पाएँ । पाँच हजार भए पनि तिरौँला भनेको मान्छेलाई टिकट पाउनु नै ठुलो कुरा थियो । झन २ हजार रुपैयाँमा नै पाएपछि के चाहियो ?

निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान भर्ने पोखरामा निगमको उडान मुस्कलले एउटा हुन्छ । बिहान ८ बजे उडान थियो । बिहान ७ बजे नै विमानस्थल पुगेँ । टर्मिनलमा भवनमा छिर्ने बित्तिकै नगमप्रति दया लागेर आयो ।

निजी विमानको बोर्डिङ काउन्टरमा यात्रुले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए । निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए न यात्रु नै । केहीबेरमा एक जना कर्मचारी आए मलाई बोर्डिङ पास दिए ।
धेरै समयपछि विमान पोखरा उडान भर्न तयार थियो । मभित्र पसेँ ।

परिचारिका मात्रै थिइन् पाइलटले जहाज स्टार्ट गरेपछि छर्लँग भयो, यात्रु त मै मात्र रहेछु । १७ जना यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार ग¥यो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण