चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो।
यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ। पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ। नासाको एपोलो मिसनअन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो।
यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन्। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्। चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ, ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो।’
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण