शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन

 

पुस १७, 
 
 सिन्धुपाल्चोक – मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र पेस गर्नेछन् । 

जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूत गर्दै देशभरिका जनप्रतिनिधिले ती कार्यपत्रमा बहस गर्नेछन् । सोमबार देशभरका जनप्रतिनिधिसँगै स्थानीय बासिन्दाको पनि घुइँचो लाग्यो, गुफाडाँडामा ।

दोर्जी लाक्पा हिमशृंखलाको सन्मुखमा रहेको यो स्थानमा लामाहरूले ध्यान गर्न गुफा बसेकाले कालान्तरमा गुफाडाँडा नाम रहेको स्थानीय बासिन्दाले बताए । 

केही वर्षयता पुसमा हिउँ परेको छैन यहाँ । नजिकै रहेको दोर्जी लाक्पा हिमशृंखलामा पनि हिउँ पात्लिएको छ । जलवायु परिवर्तनको असरले हिमशृंखला पनि कालोपत्थरजस्तै देखिन्छ । 

यस्तो दृश्य हेर्दै जलवायुको असरबारे छलफल गर्न ७७ वटै जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक गुफाडाँडा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण