नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न सफल भए प्रचण्ड

 

पुस १५
 

काठमाडौँ – नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो।

दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे। त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन्। बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए। अबको पार्टी नेता आफू भएको सन्देश दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय