रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

 

पुस १२, 
 

काठमाडौँ – भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै १२ प्रतिशतभन्दा बढी रकमको ठेक्का हालेको र मिलेमतो भएको आशंकामा नयाँ टेन्डर आह्वान गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १२ करोड ६६ लागत अनुमान गरेको छ । केही दिनमै नयाँ टेन्डर खोलिने काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । पछिल्लोपटक रानीपोखरी पुनर्निर्माणका लागि ई–टेन्डर आह्वान हुँदा तीनवटा टेन्डर परेको र तीमध्ये रविना कन्स्ट्रक्सनकोे टेन्डर मात्र प्राविधिक मूल्यांकनमा पास भएको थियो । सुनकोसी कन्स्ट्रक्सनले व्यावसायिक कर नै नतिरेकाले फेल भएको र तेस्रोले ठेक्का आवेदन नै हटाएको डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय