यसरी अवतरण गर्‍यो मंगल ग्रहमा नासाको अन्तरिक्षयान

मंसिर ११ : मंगल ग्रहको विस्तृत अध्ययनका लागि नासले पठाएकाे अन्तरिक्ष यान ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहमा सफल अवतरण गरेकाे छ। नेपाली समयअनुसार साेमबार मध्यराति ‘इनसाइट ल्याण्डर’ मंगलमा अवतरण गरेकाे हाे।

images_cms-image-000062268

मंगलबारे अध्ययन गर्न नासाले करिब ७ महिना अघि मे ५ तारिखमा याे अन्तरिक्ष यान प्रक्षेपण गरेकाे थियाे।

४५ दशमलब ८ करोड किलोमिटर दूरी पारगर्दै ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहको जमीन ‘एलिसियम प्लानिसिया’मा सोमबार अवतरण गरेको हो। रातो ग्रह मंगलको भूमध्य रेखा नजिकै रोवोटिक यान अवतरण गरेको छ।

याे यानले मंगल ग्रहको जमिनको भित्री भागमा लुकेका सुक्ष्म जानकारी दिने काम गर्नेछ। मंगलबार उक्त यानले पृथ्वीमा आफूले काम गर्न तयार भएको सन्देश पठाएको नासाले जनाएको छ। 

सूर्यको किरण प्राप्त गर्न रोवाटिक यानले आफ्नो सोलर प्यानल फिजाएको छ। जसले यानलाई उर्जा प्रदान गर्दछ।

नासाका इनसाइट प्रोजेक्ट म्यानेजर टोम हामम्यानले भने,‘अब इनसाइट रोवोटिक यानले ढुक्कसँग काम गर्नेछ। यतिबेला ब्याट्री रिचार्ज भइरहेको छ।’

मंगल ग्रहबारे १० तथ्य

१. हाम्रो सौर्य मण्डलमा ग्रहको कुरा गर्ने हो भने मंगल ग्रह सूर्यभन्दा १४ दशमलब २ करोड माइल टाढा छ। पृथ्वी सूर्यभन्दा ९ दशमलब ३ करोड माइल टाढा छ। पृथ्वी सूर्यभन्दा टाढा हुने ग्रहको तेस्रो ग्रहमा पर्दछ भने मंगल चौथौ ग्रह पर्छ।

२. पृथ्वी मंगल ग्रहभन्दा झण्डै दोब्बरले ठूलो ग्रह हो। पृथ्वीको व्यास ७ हजार ९ सय २६ माइल छ भने मंगलको व्यास ४ हजार २ सय २० माइल रहेको छ। तर वजनको हिसागर्दा मंगल ग्रह पृथ्वीभन्दा दश गुणाले बढी छ।

३. मंगल ग्रहले सूर्य परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। यसको मतलब यसले सूर्य परिक्रमा पुरा गर्न पृथ्वीभन्दा दुईगुणा समय लगाउँछ। पृथ्वीमा ३ सय ६५ दिनमा एकवर्ष हुन्छ भने मंगल ग्रहको ६ सय ८७ दिनलाई एकवर्ष गनिन्छ।

४. मंगल ग्रहमा एक दिन २४ घण्टा ३७ मिनेटको हुन्छ। जसलाई सोलार डे भनिन्छ।

५. मंगल ग्रहमा शरीर कपाउने जाडो, धुलोले भरिएको आँधी अनुभव गर्न सकिने वैज्ञानिक बताउँछन्। जाडो, आँधीजस्ता हावापानी पृथ्वीभन्दा बढी मंगल ग्रहमा सक्रिए छन्। भौगोलिक स्थिति राम्रो भएका कारण मंगल ग्रहमा जीवनको आशा गरिन्छ।

६. पृथ्वीमा जस्तै मंगल ग्रहमा चार ऋतुहरु छन्। तर पृथ्वीमा वर्षमा मात्र एक पटक सक्रिय ऋतु मंगलमा वर्षमा दुई पटक देख्न सकिन्छ।

७. पृथ्वी र मंगल ग्रहको गुरुत्वाकर्षण शक्ति अलग छन्। यहाँ सय पाउण्डको वजन भएको मानिस मंगलमा ३८ पाउण्डको हुन्छ।

८. मंगल ग्रहमा २ चन्द्रमा छन्। फाबोस जसको व्यास १३ दशमलब ८ माइल छ, डेमियोसको व्यास ७ दशमलब ८ माइल छ।

९. पृथ्वीजस्तै मंगल ग्रहको संरचनापनि चार तहमा बनेको छ।

१०. मंगल ग्रहको वातावरणमा कार्बन मोनो अक्साइडको निशानी पनि पाइएको छ। 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)