मंसिर ९,काठमाडौं : सरकारले एउटा जग्ग बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् ।
सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो ।
यो निर्णयबाट केही व्यवहारिक समस्या आएको गुनासो आएपछि भुमिम व्यवस्था मन्त्रालयको अंशबण्डा गर्नुपरेमा र अदालतको आदेशबाट भने एक आर्थिक बर्षमा एकपटकभन्दा बढी कित्ताकाट गर्न सकिने परिपत्र नापी र मालपोत कार्यालयहरुलाई पठाएको थियो ।
सोही परिपत्रमा टेकेर जग्गा दलाल र कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएर जग्गा कित्ताबाट गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा एउटा जग्गा एकपटक कित्ताकाट गर्दा दलालहरुले ५० हजारदेखि एक लाख रुपैयाँसम्म घुस लिन्छन् ।
यो घुस रकम दलालमार्फत कार्यालयका हाकिम र मन्त्रालयका कर्मचारीहरुसम्म पुग्छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय