प्रहरीबाट महिलामाथि दुर्व्यवहार

मंसिर ८,वीरगन्ज : सशस्त्रका पुरुष प्रहरीले चार महिलालाई लछारपछार गरी नियन्त्रणमा लिएको तस्बिर र भिडियो बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा भाइरल छ । यस्तो दुर्व्यवहारको चौतर्फी विरोध भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार करिब ३ बजे वीरगन्ज भन्सारमा तैनाथ सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मको टोलीले राजस्व छली कपडा भित्र्याएको भन्दै महिलालाई नियन्त्रणमा लिन प्रयास गरेको थियो । ‘महिलाहरू उम्किन खोज्दा प्रहरीले उनीहरूको कपाल समाएर तानेको थियो,’ एक स्थानीयले भने, ‘प्रहरीले महिलाहरूको कपाल तान्दै बीच सडकमै घिसारेका थिए ।’

भिडियोमा सडकमा पछारिएका महिलामाथि प्रहरीले लठ्ठी प्रहार गरिरहेको छ । भन्सारमा महिला प्रहरी नभएका होइनन् । महिलामाथि दुव्र्यवहार गर्ने सशस्त्र प्रहरी हवल्दार महादेव पन्त र सहायक हवल्दार केशव पन्तलाई कारबाहीका लागि सीमा सुरक्षा बल पर्साले झिकाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय