आप्रवासीको लश्करमाथि गोली चलाउन ट्रम्पले आदेश दिएको रिपोर्टको दाबी

मंसिर ६,काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासी लश्करहरूलाई छेक्नका लागि सीमाको सुरक्षा गरिरहेका अमेरिकी सेनालाई घातक हतियार प्रयोग गर्ने अनुमति दिएको बुधवार रिपोर्ट दिइएको छ । 

ह्वाइट हाउस निर्णय बोधपत्रमा ट्रम्पले हस्ताक्षर गरेका छन् र त्यसलाई न्युजवीकले प्रकाशित गरेको हो । मध्य अमेरिकी मुलुकहरूबाट आएका हजारौं आप्रवासीले सीमामा गस्ती गर्ने एजेन्ट र अन्य सरकारी कर्मचारीमाथि हानि पुग्ने गरी
हिंसा र अव्यवस्थाका घटना गराउन सक्ने विश्वसनीय प्रमाण र सूचना प्राप्त भएको चेतावनी त्यसमा दिइएको छ । 

यसले अमेरिकी सेनाको अधिकारलाई बढाउँदै सीमा रक्षकहरूलाई सुरक्षा दिनका लागि बलप्रयोग (घातक बलसहित) गर्न, भीड नियन्त्रण गर्न, अस्थायी थुनामा लिन र सरसर्ती खोजी गर्न अनुमति दिएको छ । 

दक्षिणपश्चिमी सीमामा लगभग ५९ सय सक्रिय सेनाको महंगो तैनाथीका कारण जन्मेको विवादका बीच यो मेमो आएको हो । ट्रम्पले मध्यावधि निर्वाचनभन्दा आठ दिनअगाडि यसको घोषणा गरेका थिए । 

मिलिटरी टाइम्सले बुधवार रिपोर्ट प्रकाशित गर्दै ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले एउटा आदेशमा हस्ताक्षर गर्दै सेनालाई घातक हतियार प्रयोग गर्नसमेत सक्नेगरी अधिकार बढाएको लेख्यो । न्युजवीकले यसलाई पुष्टि गर्दै
यो अनि ट्रम्पको मेमोसमेत प्रकाशित गरेको हो । 

पत्रकारहरूसँग कुरकानी गर्दै रक्षामन्त्री जिम म्याट्टिसले सेनाले घातक हतियार प्रयोग गर्न सक्ने स्वीकार गरे तर डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट विशेष अनुरोध आएपछि मात्र यो अधिकार प्रयोग गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित