मन्त्रालय रित्तै, मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ।

gandaki_KurDwvdMRG

चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्।

साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

मुख्यमन्त्री गुरुङ बुधबार गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीको छोरीको बिहेमा पुगे। उनीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्थ, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर पनि चितवन गए। 

चितवनबाट मुख्यमन्त्रीसहित तीन मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे। अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्किने क्रममा थिए।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर बाहिर निस्किए।

सामाजिक विकासमन्त्री नरदेवी पुन पोखराकै एक कार्यक्रममा व्यस्त रहेको मन्त्रालयका एक कर्मचारीले बताए। यउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल थाइल्याण्ड भ्रमणमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय