हङकङ तामाङ घेदुङले पायो पूर्ण कार्यसमिति

 

मंसिर ३, हङकङ । हङकङ तामाङ घेदुङको कार्यसमितिले पुर्णता पाएको छ । घेदुङले ११ जनाको पदाधिकारी सहित पूर्ण कार्यसमिति बनाएको हो।
११ नोभेम्बरमा भएको अधिवेशनले अध्यक्षमा विश्व घिसिङलाई मात्र सर्वसम्मत चयन गरेको थियो । प्राविधिक कारणवस उक्त अधिवेसनमा अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई चयन गर्न नसकिएको हङकङ घेदुङले जनाएको थियो ।
बाँकि कार्यसमिति एक हप्तापछि विस्तार गर्ने योजना अनुसार समितिलाई पूर्णता दिइएको कुरा अध्यक्ष विश्व घिसिङले जानकारी गराए । घेदुङकाे उपाध्यक्षमा रमेश मोक्तान, शोभा योन्जन(महिला), महासचिवमा राज नेगि, सचिब कुमार पाख्रीन, कोषाध्यक्ष दिलिप थिङ, सह–कोषाअध्यक्ष प्रतिमा घिसिङ निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा कृष्ण थिङ, निल वाइबा,अनिता तामाङ, कृष्ण वाइबा रहेका छन । घेदुङको सल्लाकार समितिमा बिष्णु स्याङ्बो, प्रताप बम्जन, रोहित बल,कृस्ण ध्वज दोङ र अनु योन्जन रहेको घेदुङले जनाएको छ ।

घेदुङको प्रमुख संरक्षकमा बिनोद बल रहेका छन् । संरक्षक समितिको सदस्यमा प्रेम लामा, विस्णु पाख्रीन, जङधन थिङ, बाबुराम पाख्रीन, कृष्ण स्याङ्तान र कला तामाङ रहेका छन् ।

गत आइतबार याक एन्ड यती रेष्टुरेण्ट, जोर्डन हङकङमा हङकङ तामाङ घेदुङको ११ औं अघिवेशन भएको थियो । ।
अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङले उम्मेदवारी दिऐपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

हङकङ तामाङ घेदुङका कार्यबाहक अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा उक्त अधिवेशन भएको थियो । अधिवेशनमा निर्वाचन मन्डलको संयोजक प्रेम लामा थिए । साथै,निर्वाचन मण्डलमा पाँच जना सदस्य रहेका थिए ।
हङकङ घेदुङको अध्यक्षभएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई साझा घर ‘घेदुङ’ मा ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित