November 17, 2018

चालले विशेष खालको पोसाक लगाउनुपर्ने अनिवार्य, नलगाए पाँचसय जरिवाना !

मंसिर १, 

काठमाडौँ– ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ ।

‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताए ।

पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ ।

त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय