कात्तिक ३०, काठमाडौं : जिम्बाब्वेको दक्षिणपश्चिम भागमा एउटा बसमा अचानक आगो लागेपछि ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।
अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको शरीर नराम्ररी डढेको छ । बिहीवार बेलुका यो घटना भएको प्रहरी प्रवक्ता च्यारिटी चरम्बाले बताइन् ।
जिम्बाब्वे रेडक्रसले ट्विटरमा पोस्ट गरेको तस्वीरमा जलेको बसको अवशेष देखिन्छ ।
यो घटना राजधानी हरारेभन्दा ३४० माइल पर रहेको ग्वान्डा जिल्लामा भएको हो ।
‘अहिलेसम्म हामीलाई थाहा भएअनुसार ४२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ,’ चरम्बाले एएफपीलाई बताइन् । एकजना यात्रुले बोकेको ग्यास सिलिन्डर पड्केपछि यो घटना भएको भनी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित