२४ घण्टाभित्र यमनमा करिब १५० जनाको मृत्यु

२७ कार्तिक,यमन : यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले बताएका छन्। 

युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ। 

साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही विरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो। 

होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ। साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ। 

यमनको बढी जनसङ्ख्या भएको सहर होडेडामा गत नोभेम्बर १ बाट शुरु भएको पछिल्लो लडाईंका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ। 

सन् २०१५ देखि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध हवाई कारबाही गरिआएको छ। संयुक्त राष्ट्रसङ्घले यमनमा जारी गृहयुद्ध विश्वकै सबैभन्दा डरलाग्दो र विभत्स भन्दै यसबाट गम्भीर मानवीय सङ्कट उत्पन्न भएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित