कात्तिक २७,काठमाडौं : प्रहरीले कर्तब्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ ।
कपिलबस्तुको तौलिहवास्थित घर भई तारकेश्वर नगरपालिकामा बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो ।
कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘दिने र दुबै रकम लिएपछि दुबै पक्षले मुद्दा मामिला नगर्ने’ मिलापत्रमा उल्लेख छ ।
व्यक्रिगत लेनदेनको सिलसिलामा सई कार्कीले कात्तिक १८ गते राती ती व्यक्तिलाई मोटरसाइकलमा लिएर गएका थिए । भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान बिरामी भएर बिर अस्पतालमा लगिएको भन्दै भट्न आउन खबर गरिएको थियो । त्यसको केही घण्टामै उनको निधन भयो ।
घटनापछि कार्कीविरुद्ध किनाटी जाहेरी गर्न खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेको मृतकका आफन्त र नातेदारले जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय