स्थानीय विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहका वडामा आवश्यकताअनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।
कुल ७५३ स्थानीय तहका छ हजार ६४२ वडा कार्यालयमध्ये १० प्रतिशत वडामा पनि मेलमिलाप केन्द्र गठन गरिएका छैनन् । स्थानीय तहको न्यायिक समितिमा मुद्दाको चाप कम गर्न र साना साना विवाद वडा स्तरमा नै निरूपण गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा मेलमिलाप केन्द्रको परिकल्पना गरेको हो ।
नेपालको संविधानको धारा २१७ मा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन हुने उल्लेख गरिएको छ । सोही न्यायिक समितिअन्तर्गत वडा स्तरमा मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था छ ।
कुनै पनि वडामा एकभन्दा बढी मेलमिलाप केन्द्र भएमा न्यायिक समितिले विवादका पक्षहरूले रोजेको वा सो विषयमा पक्षहरूबीच सहमति नभएमा सो वडाको कुनै पनि मेलमिलाप केन्द्रमा मेलमिलापद्वारा विवाद समाधानका लागि पठाउन सक्ने कुरा ऐनमा उल्लेख गरिएको छ । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स