क्यालाफिोर्नियामा भीषण आगलागी, पाँच जनाको मृत्यु

लसएन्जेलस, २४ कात्तिक : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ ।

क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका पाँच जनाको ज्यान गएको बताइएको छ ।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन् ।

शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो । सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो ।

सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो निन्त्रणमा लिन सकिएको छैन ।

तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् ।

उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।

प्रहरीले आगो लागेर जलेका पाँच ओटा शव भेटिएको र अरु दुई जना जलेका व्यक्तिको उपचार जारी रहेको बताएको छ । साथै प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित