साउदीले यमनमा अमेरिकी बम प्रयोग गर्नै जानेन : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हमला गर्दा साउदीले अमेरिकी बम प्रयोग गर्नै नजानेको उल्लेख गरेका छन् । आइतबार एक अन्तर्वाताका क्रममा उनले यस्तो बताएका हुन् । गत अगस्टमा साउदीले गरेको सो प्रहारमा एक स्कुलबसमा बिस्फोटन भएपछि ५१ मध्ये ४० बालबालिकाले ज्यान गुमाएका थिए । 

यसै घटनालाई व्याख्या गर्दै ट्रम्पले त्यसलाई ‘हरर शो’ बताएका हुन् । साथै उनले हमलामा प्रयोग भएको हाियतर अमेरिकामा निर्मित भएपनि त्यसमा अमेरिकी अधिकारीको कुनै संलग्नता नरहेको भने स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी त्यस्तो जथाभावी काम कहिल्यै गर्दैनौँ । हामीसँग भएका मान्छे आफ्ना काममा विश्वकै उत्कृष्ट मानिन्छन् ।  त्यसकारण यस्तो भयङ्कर गलती हतियार चलाउन नजान्नेले मात्र गर्न सक्छ ।’

यसअघि अमेरिकाले संयुक्त राष्ट्रद्वारा आयोजित राजनीतिक छलफलमा पनि यमनमा जारी युद्ध अन्त्य गर्न पहल गरेको थियो । यमनलाई युद्धभूमीका रुपमा प्रयोग गर्दै ईरान र साउदीले एकअर्कामाथि हमला गर्न थालेपछि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले दुवै पक्षलाई तीस दिनभित्र सबै काममा टुङ्गो लगाउन भनेका थिए । यमन युद्धमा २०१५ देखि हालसम्म १० हजार मानिसले ज्यान गुमाइसकेका छन् जसमा अमेरिकाको भूमिकालाई पनि प्रमुख मानिदै आएको छ । यसअघि पनि साउदीलाई अरबौँ डलर बराबरका हतियार विक्री गरि लडाईँमा साथ दिएको आरोपमा अमेरिकी प्रशासनको कडा आलोचना भएको थियो । यस्तोमा सो दुर्घटनाका लागि अमेरिकालाई पनि दोषी ठहर गरिएको हो । तर यसको बचाउ गर्दै ट्रम्पले भने, ‘हामीले साउदीसँग धेरै विषयमा कुरा गर्नुछ किनकी निश्चित रुपमा हामी पनि हाम्रो हतियारको प्रयोग बालबालिकाको स्कुलबसमाथि भएको हेर्न चाहदैनौँ । ’

यमनमा जारी यस प्रकारका लडाईँले त्यहाँका २ करोड बढी जनसङ्ख्यालाई विदेशी सहयोगको भरमा बाँच्न बाध्य बनाएको छ भने ८० लाख भन्दा बढी भोकमरीको जोखिमा रहेका छन् । यसबारेमा बोल्दै ट्रम्पले पनि त्यहाँको स्थिति ज्यादै दुःखदायी रहेको र सो ठाउँ अहिले पृथ्वीकै भयानक भएको उल्लेख गरेका हुन् । अगस्टको यसै घटनापछि अमेरिका र साउदीबीच विभिन्न समस्या आएको थियो । त्यसैमाथि अमेरिकास्थित साउदी पत्रकार जमल खासोग्जीको अपहरण र हत्याको घटनाले दुईबीचको सम्बन्धलाई थप संकटमा पारिदिएको फक्स न्युजले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित