संसद सचिवालयभित्र चितुवा पसेपछि …… (भिडियो)

संसद सचिवालयभित्र चितुवा पसेपछि हंगामा भएको छ । चितुवालाई बाहिर निकाल्न १ सय जनाको टिम परिचालन गरिएको बताइएको छ । भारतको गुजरात राज्यको विधानसभा सचिवालयमा गएराती चितुवा पसेको हो । चितुवा राती १ बजेर ५३ मिनेटको समयमा सचिवालयभित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ । 

चितुवालाई बाहिर निकाल्न वन विभागका कर्मचारी, सुरक्षाकर्मी र विशेषज्ञ गरी १ सय जनाको टिम परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । सचिवालयलाई बन्द गरिएको छ । मध्यरातमा सचिवालयको गेटमुनिको साँघुरो भागबाट चितुवा भित्र पसेको सिसिटिभी फुटेजमा देखिन्छ । 

गेटको मुनिपट्टी साँघुरो ठाउँ भए पनि चितुवाको शरीर लचकदार हुने हुँदा सजिलै भित्र पसेको देखिएको छ । सचिवालयको गेट नम्बर ७ बाट चितुवा भित्र पसेको थियो । यो षेत्र सुरक्षाको दृष्टिले पनि गम्भीर मानिन्छ । जन विभागका अधिकारी राजीव कुमारले चितुवालाई छिटै समातेर जंगलमा छोडिने विश्वास दिलाएका छन् । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई