इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार

जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई आक्रमण गरेको छ। इरान र इजरायलबीच ११ दिनदेखि जारी द्वन्द्व अझै उत्कर्षमा पुगेको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार, इजरायली वायुसेनाका १५ भन्दा बढी लडाकू विमानहरूले केरमानशाह क्षेत्रमा रहेका सैन्य पूर्वाधारमा प्रहार गरेका छन्। यसअघि पनि केरमानशाह क्षेत्रलाई लक्षित गरी इजरायली वायुसेनाले आक्रमण गरेको पुष्टि गरिएको थियो।

जुन १३ मा इजरायलले इरानका क्षेप्यास्त्र र आणविक सुविधा स्थलहरू, साथै सैन्य अधिकारी र सुरक्षासम्बन्धी संरचनाहरूमाथि व्यापक हमला गरेको थियो।यसैबीच, तेहरानले अमेरिकी युद्ध विमानहरूद्वारा सप्ताहन्तमा गरिएका आक्रमणमा तीनवटा आणविक स्थलमा ‘बारूदी सुरूङ’ प्रयोग गरी पुर्याइएको क्षतिको बदलास्वरूप कडा जवाफ दिने चेतावनी दिएको छ।

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आक्रमणहरूले इरानको आणविक क्षमतालाई नष्ट गरेको दाबी गर्नुभएको छ। यद्यपि अन्य अमेरिकी अधिकारीहरूले भने तेहरानको आणविक कार्यक्रममा परेको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता