सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा


काठमाडौं, साउन २१, २०८२

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२ पारित गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस नीतिलाई अनुमोदन गर्दै सन् २०६८ मा लागू गरिएको वैदेशिक रोजगार नीति खारेज गरेको हो।

नयाँ नीतिको विशेषता भनेको पहिलोपटक भारतमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूलाई औपचारिक रूपमा श्रम आप्रवासन प्रणालीमा समेट्नु हो। यसअघि भारत जाने श्रमिकहरू अनौपचारिक रूपमा श्रम बजारमा आवद्ध रहँदै आएका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार, नयाँ नीति संघीय संरचनाअनुसार श्रम आप्रवासन सेवा प्रणालीको पुनःसंरचना, विकास तथा विस्तारका लागि नीतिगत मार्गदर्शन प्रदान गर्नेछ। “श्रम आप्रवासनका सबै चरणमा सुशासन, पारदर्शिता र सेवा सुधारमा नीति केन्द्रित छ”, मन्त्री भण्डारीले बताए।

मन्त्री भण्डारीले कामको सिलसिलामा भारत जाने र भारतलगायत अन्य देशबाट नेपाल आउने श्रमिकहरूलाई पहिलोपटक नीतिगत रूपमा समेटिएको जानकारी दिए।

नीतिको उद्देश्य र कार्यान्वयन

श्रम सचिव कृष्णहरि पुष्करका अनुसार, नीति कार्यान्वयनका लागि समयसीमासहितको कार्ययोजना निर्माण गरिएको छ। दुई वर्षभित्र नीतिलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने लक्ष्यसहित वैदेशिक रोजगार ऐन तथा नियमावलीमा संशोधन गरिनेछ।

सरकारले नयाँ नीतिमार्फत वैदेशिक रोजगारमा हुने खर्च रोजगारदाताले नै व्यहोर्ने प्रणालीलाई विस्तार गर्नेछ। साथै, सेवा प्रदायक व्यवसायीहरूलाई प्रोत्साहन दिने र प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्ने पनि कार्यनीतिमा उल्लेख छ।

प्रमुख रणनीतिहरू

  • अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष तथा प्रतिस्पर्धी श्रमशक्ति उत्पादन

  • विदेशबाट फर्किएका श्रमिकहरूको सम्मानजनक पुनःएकीकरण

  • उद्यमशीलता तथा व्यावसायिक क्षमताको विकास

  • सामाजिक सुरक्षा कार्यक्रमहरूमा सबै श्रमिकको समावेश

नीतिका मुख्य बुँदाहरू

  • श्रम आप्रवासन व्यवस्थापनका सबै चरणमा सुशासन कायम गर्ने

  • सूचना र सेवामा सबैको पहुँच विस्तार गर्ने

  • आप्रवासी श्रमिकको मानव अधिकार संरक्षण गर्ने

  • लैंगिक विभेद तथा जोखिम न्यूनिकरण गर्ने

  • अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार सीप र दक्षता विकास गर्ने

  • फर्किएका श्रमिकको पुनःएकीकरण र आन्तरिक रोजगारीमा जोड दिने

  • सामाजिक सुरक्षा कार्यक्रमहरूमा सबै पक्षलाई समेट्ने

हालसम्मको प्रगति

हालसम्म सरकारद्वारा संस्थागत रूपमा १११ तथा व्यक्तिगत रूपमा १७८ देशका लागि श्रम आप्रवासन खुला गरिएको छ। मलेसिया, खाडी मुलुकहरू (कतार, साउदी अरब, युएई, कुवेत, बहराइन, ओमान) परम्परागत गन्तव्य रहेका छन् भने हालै रोमानिया, पोल्यान्ड, माल्टा, बेलायत, माल्दिभ्सजस्ता देशहरूमा पनि नेपाली श्रमिकको उपस्थिति बढ्दो छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज