अमेरिकामा नागरिकता कानुन परिवर्तन हुँदै , के सहज होला ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको जन्मजात अथवा जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन हटाउनका लागि एक विशेष अध्यादेश ल्याउने बताएका छन् ।  कानुनले अमेरिकामा जन्मिने हरेक नागरिकलाई अमेरिकाको नागरिक मान्दछ । अवैध ढंगले अमेरिका प्रवेश गर्ने शाह्य मुलुकका अमेरिकामा जन्मिने बच्चालाई नागरिकता दिन नहुने ट्रम्पको भनाइ छ । 

के कानुन परिवर्तन गर्न सहज होला ?

अमेरिकामा दुई दिन अघि राष्ट्रपति ट्रम्पले अमेरिकाको बर्थराइट सिटिजनसिप अर्थात जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्ने अभिव्यक्ति दिएपछि नयाँ सिराबाट बहस शुरू भएको छ । 

अहिले विद्यमान कानुनतः बुवाआमा अवैध रुपमा बसिरहेका भएपनि अमेरिकामा जन्मिने बच्चालाई अमेरिकी नागरिक मानिन्छ । तर आप्रवासी विरुद्ध कडा रबैया अपनाउँदै आएका राष्ट्रपति ट्रम्पले उक्त नागरिकताको  कानुन परिवर्तन गर्नका लागि एक विशेष अध्यादेश ल्याउने अभिव्यक्ति दिएका छन् । 

राष्ट्रपति ट्रम्पको उदेश्य अवैध ढंगबाट अमेरिका प्रवेश हुने आप्रवासीका बच्चालाई अमेरिकाको नागरिकता नदिने रहेको छ । उनको यो अभिव्यक्तिलाई धेरैले चुनावी फाइदा उठाउनका लागि चालिन लागिएको कदम भनिरहेका छन् । ६ नोभेम्बरमा अमेरिकामा कांग्रेस र सीनेटका लागि निर्वाचन हुन गइरहेको छ । 

अमेरिकी संविधानमा सन् १८६८ मा गरिएको १४ औं संशोधनले अमेरिकाभित्र अमेरिकी कानुनको दायरमा आउने सबैलाइ अमेरिकी नागरिक मानेको छ । तर उक्त कानुनमा गैरकानुनी रुपमा अमेरिका भित्रिएका आप्रवासीका अमेरिकामै जन्मिने बच्चालाई अमेरिकी नागरिक मान्ने कि नमान्ने भन्ने बारेमा स्पष्ट छैन् । 

यद्यपि अधिकांश मानुन व्यवसायीहरु गैरकानुनी आप्रवासीका अमेरिकामा जन्मिने बच्चलाई मौजुदा कानुनले अमेरिकी नागरिक मान्ने दाबी गर्दछन् । अहिले अमेरिकासहित विश्वका ३० भन्दा बढी मुलुकहरुले आफ्नो देशमा जन्मिने हरेक बच्चालाई आफ्नो मुलुकको नागरिकता प्रदान गर्दै आएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित