काबुलमा अमेरिकी सैनिकको हत्या

अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ।

तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन। युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ।

पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी तालिबानले लिएको छ।

कान्दाहारमा भएको आक्रमणमा अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रमुख तथा नेटो कमान्डर जनरल स्कट मिलर भाग्यले बाँचेका थिए।

प्रारम्भिक अध्ययनमा आक्रमणकारी अफगानी सैनिक रहेको पहिचान भएको छ, नेटोको विज्ञप्तीमा भनिएको छ। उक्त घटनामा आक्रमणकारी पनि मारिएका छन्।

पछिल्लो घटना समेत अफगानिस्तानमा यसै वर्ष आन्तरिक आक्रमणमा मारिने सेनाको संख्या आठजना पुगेको छ। एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित