नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको अवस्था र व्यवस्था दुवै परिवर्तन भएकाले अब विकास र समृद्धि सुरु भएको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित शुभकामना सन्देशसभामा उनले भने, ‘हिजो भूपरिवेष्टित, भारत परिवेष्टित र ल्यान्डलक अवस्थामा थियौं, त्यसले विकासमा अप्ठ्यारो थियो तर अहिले ल्यान्डलकबाट ल्यान्डलिंक कन्ट्री भयो । अब विकास र समृद्धि सुरु हुन्छ ।’ अहिले चारवटै बन्दरगाह प्रयोग गर्न सकिने भएकाले कनेक्टिभिटीबाटै देश अघि बढेको उनले बताए ।
‘अहिलेसम्म सरकार १ नम्बर गियरमा हिंडेको सत्य हो किनभने हिलो र अप्ठ्यारोमा १ मै राखेर चलाउने हो,’ उनले भने, ‘अब मौसम फेरिएको छ, बाटो राम्रो भएको छ, ३/४ गियरमा सरकार अघि बढ्छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा