भारत र जापान मिलेर अफ्रिकामा चीनलाई टक्कर दिँदैछन् !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा जापान र भारतको सम्बन्ध निकै गाढा देखिएको छ । संकेत यस्तो देखिएको छ कि आगामी दिनमा पनि यी दुई राष्ट्रबीचको सम्बन्ध अझ सुमधुर हुन सक्छ । खासगरी यी दुई राष्ट्र अफ्रिकामा संयुक्त रुपमा लगानी गर्न चाहन्छन्  । 

प्रधानमन्त्री मोदीले भारत—जापान १३ औं वार्षिक शिखर सम्मेलन अन्तर्गत आफ्नो दुईदिने जापान भ्रमणको अन्तिम दिन २९ अक्टोबर २०१८ मा टोकियोमा आयोजित एक गोष्ठीमा बोल्दै दुवै देश अफ्रिका र अन्य स्थानमा पनि ठोस विकासका लागि संयुक्त लगानी गर्न इच्छुक रहेको जनाएका थिए । हुनत यो कुनै नयाँ घोषणा होइन । प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री शिंजो आबेले यो योजना को सन् २०१६को भेटवार्ताका क्रममा पहिलो पटक घोषणा गरेका थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयका स्कूल अफ इन्टरनेसनल स्टडीजका प्राध्यापक स्वर्ण सिंह भन्छन्,‘मे २०१७मा उद्घाटन गरिएको अफ्रो —एशियाली ग्रोथ करिडोरको पूर्वाधार र कनेक्टिभीटीका लागि रणनीतिक तथा व्यापारिक साझेदारीमा दुवै देशले ध्यान दिएका  छन् ।
यो कुरालाई ख्याल गर्न लागिएको छ —चीन अफ्रिकामा यति तीव्र ढंगले लगानी गरिरहेको छ कि त्यहाँ अरुलार्ई मुकाबिला गर्न गाह्रो भइरहेको छ । भारत र जापान अहिले एक्लाएक्लै अफ्रिकामा चीनसँग मुकाबिला गरिरहेका छन् । तर, चीनको लगानी निस्तेज गर्न दुवै असफल रहेका छन् । 

चीनको अफ्रिकामा अहिले सम्म ७० अर्ब डलरको लगानी रहेको छ । जबकी भारतले पछिल्ला २० वर्षमा ५६ अर्ब डलर र जापानले ३२ अर्ब डलरको लगानी गरेका छन् ।  तर, चीन यी दुवै राष्ट्र भन्दा धेरै अघि रहेको छ । जापानका व्यापारीको भनाइ अनुसार चीन धेरै वर्षदेखि अफ्रिकामा लगानी गरिरहेको छ । हरेक वर्ष यो लगानी उसले बढाइरहेको छ । उनका अनुसार चीन तुरुन्तातुरुन्तै फाइदा हुने गरी लगानी गरिरहेको छ । 

जापानको केयो विश्वविद्यालयमा भारतीय मूलका प्राध्यापक मुकेश विलियम्स भन्छन्, ‘‘अफ्रिका प्राकृतिक संशाधनले भरिएको छ । जहाँ सबै देशलाई लगानीका लागि अवसर छ ।’’ एक अनुमानअनुसार अफ्रिकामा अढाइ खर्ब डलरको लगानीको सम्भावना रहेको छ । अमेरिका, युरोप, भारत र चीनले अहिलेसम्म त्यहाँ २०० अर्ब डलरको लगानी गरेका छन् । 

त्यसैले, अफ्रिकामा चीनको धेरै लगानी देखेर भारत र जापानको संयुक्त लगानी योजना कामयाब होला त ? प्राध्यापक मुकेश भन्छन्, “छोटो समयमै चीनको मुकाबिला गर्न अप्ठेरो होला तर लामो समयमा भारत र जापानको प्रयासले सफलता पाउन सक्छ । उनको तर्क के छ भने चीनका अधिक लगानी तत्काल फाइदा लिन मिल्ने खालका क्षेत्रमा रहेको छ । जस्तो कि बन्दरगाह वा हवाइ अड्डा बनाउने लगायतका क्षेत्र । चीनको लगानी भएको क्षेत्रमा लाखौं अफ्रिकीलाई रोजगारी पनि प्राप्त भएको छ ।”

तर, प्राध्यापक शर्मा भन्छन्,‘‘भारत र जापानको संयुक्त लगानी मुख्यरुपमा अफ्रिकाका जनतामा गुणस्तर बढाउने तिर केन्द्रित हुनेछ । उनीहरुको जीवनलाई राम्रो बनाउन केन्द्रीत हुनेछ । त्यसको परिणाम ८ वा १० वर्ष सम्ममा देखिनेछ ।” 

यसकारण भारत र जापान शिक्षा, सीप विकास, स्वास्थ्य, चिकित्सा तथा आइटीको क्षेत्रमा लगानी गर्ने योजना बनाइरहेका छन् । जापानले अहिलेसम्म अफ्रिकामा  ३२ अर्ब डलरको लगानी गरेको छ । जसको अधिकांश लगानी स्वास्थ्य र शिक्षाको क्षेत्रमा छ । 

भारत र जापानको मोडल र चीनको मोडलको लगानीमा अर्को फरक के छ भने अफ्रिकामा चीन सरकार नै लगानी गर्दछ तर भारत र जापानका निजी कम्पनी लगानीमा अघि छन् । भारत र जापानको सम्बन्ध मजबुद त भएको छ तर प्रधानमन्त्री मोदीको जापानको अहिलेको भ्रमण यस्तो समयमा भयो कि जापानका प्रधानमन्त्री एक हप्ता अघि मात्रै चीनको भ्रमणबाट फर्केका थिए । 

यस्तो संकेत आएको छ कि परम्परागत रुपमा शत्रुतापूर्ण व्यवहार गरिरहेका चीन र जापान अहिले नजिक हुन थालेका छन् ।  यस्तो बेलामा जापानले चीनलाई अफ्रिकामा चुनौति देला त ? प्राध्यापक मुकेश उनीहरुबीचको ऐतिहासिक दुश्मनी अहिले नै मित्रतामा परिणत हुने अवस्था नआउला भन्ने अनुमान गर्दछन्  । 

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित