कतार चार दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै नेपाल लगानीका लागि अाग्रह गरेकी छिन्।
लगानी र प्रतिफलको नेपाल सरकारले ग्यारेन्टी गर्ने उनले बताइन्।
‘कतारका व्यवसायी र लगानीकर्तालाई म आह्वान गर्न चाहन्छु तपाइँहरु नेपालमा लगानी गर्न आउनुहोस्’, उनले भनिन्, ‘म यति भन्छु नेपालमा गरिएको तपाइँकाे लगानीले उच्च प्रतिफल दिनेछ। नेपाल सरकारले लगानी प्रतिफल फिर्ताको ग्यारेन्टी गर्नेछ।’
नेपाल–कतार व्यवसायिक मञ्चलाई बुधबार दोहामा सम्बोधन गर्दै उनले काठमाडौं–दोहा हवाई उडानको प्रशंसा समेत गरिन्। ‘कतार र नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्बन्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘दोहा–काठमाडौं रुटमा कतार एयरवेजले दैनिक पाँच उडान गर्छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि एक एक उडान गर्छन्।’
सघन हवाई सम्पर्कबाट नेपाल कतारबीच आगामन सहज हुनुका साथै अन्य मुलुकबाट पर्यटक नेपाल पुग्न सहज भएको उनले उल्लेख गरिन्।
नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिएको उनले उदाहरण पेश गरिन्। पर्यटन, उर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योगमा लगानी गर्न उनले सल्लाह दिइन्।
कतारसँग कृषि तथा खाद्य सुरक्षा सम्झौता
राष्ट्रपति भण्डारीको चारदिने औपचारिक भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशबीच भएको सो समझदारीपत्रले भविष्यमा कृषि र खाद्य सुरक्षामा सहकार्य गर्न मार्गप्रशसस्त गरेको छ।
सम्झौतामा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने उल्लेख छ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित