अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताउनुभएको छ । उहाँले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताउनुभएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजन्जमा उपचाररत प्रधानमन्त्री ओलीले मंगलवार एक सन्देश जारी गर्दै भन्नुभएको छ–चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ ।

यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु, सन्देशमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको जानकारी गराउनुभएको छ ।

अस्पतालमा उपचाररत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशिल भएको बताउनुभएको छ । धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन, प्रधानमन्त्री ओलीले जारी गर्नुभएको सन्देशमा भनिएको छ,‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।’

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने बताउदै उहाँले शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको महाअभियान विथोलिने र विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराउनुभएको छ ।

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग, कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ,‘ मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनु भएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ आजकोनेपाल समाचारपत्रमा समाचार छापिएकाे छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुखः अस्पताल 
अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । त्रिवि शिक्षण अस्पताल महानगरजन्जका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले ले मंगलवार बिहान र बेलुका गरिएको प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्स–रे आदीको रिपोर्टहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको बताउदै पछिल्लो परीक्षणबाट पनि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटघाटमा रोक
काठमाडौ(नेस)।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै त्रिबि शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ ।

धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले उहाँसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ,– प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकाले चिकित्सकीय राय अनुसार भेटघाटलाई प्रतिबन्ध लगाइएको हो ।

प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय