‘रेड पासपोर्ट’ को प्रयोग संख्या बढ्यो

मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको छ । 

तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । 

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ ।

गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको छ । यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए । 

मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् । जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कुटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए । आजको नयाँ पत्रिकामा  समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय