मधेस मुद्दामा प्रधानमन्त्री ओलीको चासो

संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । 

आफूहरूको माग सम्बोधन गर्नमा चासो नराखेको आरोपसहित राष्ट्रिय जनता पार्टी ९राजपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलन गर्ने चेतावनीयुक्त ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले छलफल गरेर अगाडि बढ्न खोजेका हुन् ।

२२ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेर राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । संविधान संशोधनसहितका माग सम्बोधन गर्ने आश्वासनपछि राजपा नेपालले सरकारलाई समर्थन गरेको थियो ।

प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले राजपा नेपालका नेतासँग छलफल गर्ने तयारी भए पनि हुन नसकेको बताए । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले भेटघाट, छलफललगायतका कार्यक्रम रोकिएको र स्वस्थ भएपछि छलफल अगाडि बढ्ने मैनालीले बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय