एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । 

असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो । बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै थिइन् । उनीसँगै साढे तीन वर्षीय नाति आजित र छिमेकी साबित्री पुडासैनी थिए । तीनजना बाटोमा हिँडिरहेका बेला मालबहालक ट्रकले ठक्कर दियो । तिवारीको घटनास्थलमै र अन्य दुईको उपचारक्रममा मृत्यु भयो । ज्यान गुमाउने मध्ये तिवारी र उनका नाति गोरखा सहिद गाउँपालिका तथा ६० वर्षीया पुडासैनी नुवाकोट ककनीका स्थायी बासिन्दा थिए ।

काठमाडौं उपत्यकाका सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । सो घटनाको २४ घण्टा नबित्दै कीर्तिपुरमा श्याम श्रेष्ठको पनि ज्यान गयो । डल्लुबाट साइकलमा दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकैको खानेपानीको धरापयुक्त मंगालमा खसेर उनको ज्यान गयो । मंगालको ढकनी नलगाएका कारणले त्यसमा खसेर उनको ज्यान गएको हो। उपत्यकामा २४ घण्टामा सडकका कारण भएका प्रतिनिपधमूलक दुखद घटना हुन् यी । उपत्यकामा यस्ता खाले घटना नयाँ होइनन् । आजको नागरिक दैनिकमा समाचार छापेको छ । 

उपत्यकामा पछिल्ला दिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्न गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय