नेपाल–भारत सम्बन्ध ‘जुम्ल्याहा भाइ’काे जस्तो : भारतीय नेता यचुरी

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले नेपाल भारत संबन्धमा कोही ठूलो र सानो नभएको भन्दै समान हैसियतमा रहेको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको एक अन्तरक्रियामा याचुरीले भने, ‘नेपाल–भारत सम्बन्धमा कोही ठूलो र सानो छैन, जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध छ।’ भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा मन्तब्य राख्दै याचुरीले भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको पनि बताए।

नेपालमा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन हुनुले विश्वकै कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउँदै महासचिव येचुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई कम्युनिष्टको शैदान्तिक आधारलाई मनन गर्दै सत्ता सञ्चालन गर्न सुझाव पनि दिएकाे छ ।

‘सिद्धान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत सङ्घको अवसान भएको होे। गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु गल्ती हुनेछ,’ याचुरीले भने, ‘जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा सुधार ल्याउन आवश्यक छ।’ अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने आफ्नो अनुभव उनले सुनाएका थिए। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स